कांग्रेस र माओवादी विवाद हुँदा प्रहरीद्वारा ११ राउन्ड हवाई फायर

लोकपथ
5.1k
Shares

मुगु । मुगुको सोरु गाउँपालिका-३ भिइ गाउँमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले ११ राउन्ड हवाई फायर गरेको छ।

विवादपछि कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था सृजना भएपछि भिड नियन्त्रण गर्न प्रहरीले ११ राउन्ड हवाई फायर गरेको हो।

सोरु गाँउपालिका-३ मा बुधबार राति ११ बजे कांग्रेसका कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार मनकला रोकायाको घर घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि भिड नियन्त्रण लिन गरु माबि मतदान केन्द्रमा खटिएका प्रहरीले हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ।

हवाई फायरपछि भिड तितरवितर भए पनि पुनस् दुई समूहबीच झडप हुने सम्भावना देखिएपछि सुरक्षाका लागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र शस्त्र प्रहरीको थप टोली घटनास्थलमा पुगेका थिए ।

बुधबार दिउँसोबाट दुई पक्षबीच भएको वादविवादले मतदान केन्द्रमा सर्वदलीय बैठकसम्म बस्न सकेको थिएन। राति ११ बजे दुई पक्षबीच भएको विवादले प्रहरीले हवाई फायर गरेपछि नियन्त्रणमा आएपछि आज सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?