काठमाडौं – श्री एयरलाइन्सको ९ एन एलएफ कल साईनको हेलिकोप्टर दुर्घटना हुनबाट जोगिएको छ । चितवनबाट बिरामी लिएर काठमाडौंको ग्राण्डी अस्पताल आउँदै गरेको हेलिकप्टरलाई मौसममा आएको खराबीसँगै नुवाकोटको सीमा क्षेत्र ककनीमा आकस्मिक अवतरण गराइएको छ ।
हेलिकोप्टर पाइलट प्रिया अधिकारीले उडाएकी थिइन् ।
महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् । अहिले हेलिकप्टर ल्याण्ड भएको स्थानमा प्रहरी पुगिसकेको छ ।
यसैबीच चितवनका खगराज अधिकारीको स्वास्थ्य गम्भीर रहेकाले उनलाई एम्बुलेन्समा काठमाडौं ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया