तस्बिरमा हेर्नुहोस् मलाइका अरोराको आलिशान घरको झलक

लोकपथ
923
Shares

काठमाडौं । मलाइका अरोरा पछिल्लो समय निकै चर्चामा आएकी नायिका हुन् । यद्यपि, उनी व्यावसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छिन् । मलाइका अरोरा लामो समयदेखि पर्दामा अनुपस्थित छिन् तर कुनै न कुनै कारणले उनी चर्चामा आइरहेकी हुन्छिन्।

करियरको सुरुवात, प्रेम, विवाह र त्यसपछि डिभोर्ससम्म मलाइकाको जीवन यस्तै रह्यो । हाल उनी बलिउड स्टार अर्जुन कपुरसँग रिलेशनसिपमा छिन् । मलाइकाले सामाजिक सञ्जालमा अर्जुन कपूरसँगको तस्बिर प्रायः अपलोड गर्छिन् । हालै फिटनेस क्वीनले सामाजिक सञ्जालमा आफ्नो कुनै हट तस्बिर नभई आफ्नो घरको तस्बिर अपलोड गरेकी छिन् । यी तस्बिरलाई फ्यानहरुले निकै रुचाएका छन् ।

मलाइका अरोरा

हालै मलाइका अरोराले इन्स्टाग्राममा आफ्नो अपार्टमेन्ट भित्रको तस्बिर अपलोड गरेकी छिन् । यस तस्बिरमा उनी आफ्नो घर भित्रको बैठक कोठामा फोन स्क्रोल गर्दै र चिल गरिरहेको देखिन्छ। यो फोटोमा उनले आफ्नो घरलाई फूल र मैनबत्तीले सजाएको देख्न सकिन्छ । उनले यो तस्बिरको क्याप्सन लेखेकी छन्- ‘मेरो खुशीको ठाउँ…किन थाहा पाउन सजिलो छ।’

मलाइकाले आफ्नो घरको यो कुना धेरै मन पराउछिन्, त्यसैले होला, अभिनेत्रीले प्रायः आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो घरको यो भागको तस्बिर सेयर गर्छिन्। गत वर्ष अप्रिलमा मलाइका अरोराले आफ्नो घरको यो कुनाको झलक सेयर गरेकी थिइन् र उनले लेखिन्– तयार हुनुहोस् र घरबाट काम गर्नुहोस्।

मलाइका अरोरा

मलाइका अरोरा पछिल्लो पटक टेरेन्स लुइस र गीता कपूरको विपरित नृत्य रियालिटी शोमा जजको रूपमा देखिएकी थिइन्। उनी आफ्नो उत्कृष्ट नृत्य र फिटनेसका लागि पनि परिचित छन्। मलाइका अरोराको चल छैय्या छैया, मुन्नी बदनाम र अनारकली डिस्को चली आदिका लागि पनि चर्चित छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?