चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने

लोकपथ
351
Shares

काठमाडौं । निर्देशक दीपक रौनियारले चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बनाउने भएका छन् ।

फिल्ममा १४ वर्षको उमेरमा भारत पसेका सन्तोषको मास्टरसेफसम्मको यात्रालाई चित्रण गरिने बताइएको छ ।

नौ वर्षको उमेरमा ढल सफा गर्दै परिवारको आर्थिक आवश्यकता पूरा गरेका सन्तोष १४ वर्षमा भारत पुगेर भाँडा माझ्ने काम गरेका थिए ।

अहिले नेपालमा रहेका साह र रौनियार दुवैले भेटघाट गर्दै फिल्म निर्माणको छलफल थालेका छन् । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुंगो नलागे पनि फिल्म निर्माण निश्चित भएको छ ।

सन् २०१० मा लण्डन पुगेका सन्तोष सन् २०२० मा बीबीसीको पाककला सम्बन्धी टीभी रियालिटी शोमा सेकेण्ड रनरअप घोषित भएका थिए ।

नेपाली परिकारलाई विश्वव्यापी चर्चित बनाउने आफ्नो सपना रहेको बताउने सन्तोषलाई हालै सरकारले पर्यटन दूत समेत घोषित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?