शिल्पा शेट्टीले लिइन् सामाजिक सञ्जालबाट ब्रेक, लेखिन् यस्तो स्ट्याटस

लोकपथ
637
Shares

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना सो र व्यावसायिक जीवनसँग सम्बन्धित अपडेटहरू आफ्ना फ्यानहरूसँग सेयर गर्छिन् ।

तर अहिले शिल्पाले सामाजिक सञ्जालबाट ब्रेक लिने निर्णय गरेकी छिन् । शिल्पाले आफ्नो इन्स्टाग्राम र ट्वीटर अकाउन्टमा एक तस्बिर सेयर गरेकी छिन् जुन पूरै कालो छ ।

सो तस्बिर सेयर गर्दै शिल्पाले लेखेकी छिन्, ‘दैनिकी निकै बोरिङ छ, सबै कुरा उस्तै देखिन्छ। त्यसैले मैले नयाँ अवतार नभेटेसम्म सामाजिक सञ्जालबाट ब्रेक लिइरहेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?