काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायधीशमा प्रस्तावित दीपकराज जोशीबारे कुनै निर्णय लिन सकेन ।
एसएलसीको प्रमाणपत्र किर्ते भएको समाचार सार्वजनिक भएपछि विवादमा तानिएका जोशीबारे छलफल गर्न बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । यद्यपी बैठकले कुनै निर्णय लिन नसकेको हो ।
दिपकराज जोशीबारे निर्णय गर्न बसेको बैठक निष्कर्षविहिन बन्दा प्रधानन्यायधीशको पदमा को र कहिले नियुक्त हुन्छ भन्ने विषयमा भने अझै अन्यौलता नै छ ।
सत्तापक्ष र प्रतिपक्षबीचको यस्तो टसलका कारण न्यायलय निक्कै समय विवादमा मुछिन पुग्यो ।
अर्को बैठक शुक्रबार बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया