सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी निर्णय

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा बसेकोको केन्द्रको पोलिटब्युरो बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो । बैठकले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय समेत गरेको छ । प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुसँग छलफल नै नगरि निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद् विस्तार गरेको भन्दै आपत्ती जनाएको छ । साथै मन्त्रिपरिषद् विस्तार फिर्ता लिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।बैठकले आइतबार समानुपातिक तर्फका सांसदहरुको बन्द सुचि निर्वाचन आयोगमा पेश गर्नका लागि आवश्यक गृहकार्य गर्ने निर्णय पनि गरेको छ । यस्तै एमालेसँगको छलफलका आधारमा एक दुई दिनभित्र प्रत्यक्ष तर्फका उम्मेदवारहरुको टुंगो लगाउने निर्णय गरेको छ । यसका लागि पार्टीको जिल्ला तहबाट आएका सिफारिसलाई मुख्य आधार बनाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?