१२ जेष्ठ २०७९, बिहीवार

बर्दिबास नगरपालिकाका नगरप्रमुखमाथि आक्रमण प्रयास

२०७९,बैशाख,२९,बिहीवार १३:११

36.639k
Shares

महोत्तरी । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए ।

काम कै सिलसिलामा वडा नम्बर ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् ।’मेयरसापभित्र कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलासम्म बेलुका झण्डै ९स्३० भएको थियो । केही युवा आए अनि गालीगलौज गर्दै भिडियो बनाए ।’  एक प्रत्यक्षदर्शीले भने ।

माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ । भिडियोमा पनि महतोले भेटघाटको लागि बोलाएको स्वीकार गरेका छन् । ‘मैले मेयरलाई घरायसी भेटघाटको लागि बोलाएको थिए उनीहरू आएर अभद्र व्यवहार गरे ।’ उनले भने ।

यता, नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार वनेका क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की भोट माग्नै गएको दावी गरेका छन् ।

तर, अहिलेसम्म राजीनामा नदिएको एउटा जनप्रतिनिधि जनतासँग भेटघाट गर्न आचारसंहिताले नरोक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतो बताउँछन् । ‘उहाँ कुन आसयले जानुभयो त्यो त थाहा छैन तर जनप्रतिनिधि जनताको समस्यामा जतिबेला पनि जान पाउनुपर्ने हो ।’ महतोले भने ।

नगरप्रमुख कार्कीलाई गरिएको दुर्व्यवहारका बारे आफूलाई थाहा नभएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,बैशाख,२९,बिहीवार १३:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय

चितवन । यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका

काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन्

ताजा समाचार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४