१२ जेष्ठ २०७९, बिहीवार

डि ब्रुयनाको ह्याट्रिक प्रेरित सिटी उपाधि नजिक

२०७९,बैशाख,२९,बिहीवार १०:४८

180
Shares

काठमाडौं । केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार उल्भ्सलाई ५-१ ले निराश पार्देै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः तीन अंकको अग्रता लिएको छ ।

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो । चोटका कारण सिटी रुबेन डायस, जोन स्टोन्स र काइल वाल्करविनै मैदान उत्रिएको थियो ।

सातौं मिनेटमा डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो । ११औँ मिनेटमा डेनडक्करले उल्भरहमटनलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै डी ब्रुयनाको गोलमा सिटीले पुनः अग्रता लियो ।

२४औं मिनेटमा डी ब्रुयनाले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३-१ मा पुर्याएका थिए । ६०औँ मिनेटमा डी ब्रुयनाले व्यत्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङको गोलमा सिटीको फराकिलो जित पक्का गरेका थिए ।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंक बढी हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमश वेस्ट हम युनाइटेड र एस्टन भिल्लाको सामना गर्नेछ ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ ।

प्रकाशित मिति: २०७९,बैशाख,२९,बिहीवार १०:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । एएफसी एसियन

  धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बुधबार दिउँसोसम्म दुई अध्यक्षसहित ४३ जनाको उम्मेदवारी दर्ता

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५