धनकुटामा नेकपा एमालेका प्रदेश सांसदमाथि अज्ञात समूहले हुलदंगा गरेर दुव्र्यवहार गरेको आरोप लगाइएको छ । प्रदेश सांसद इन्द्रमणी पराजुलीलाई छथर जोरपाटीमा दुव्र्यवहार गरेको सुचना आएपछि प्रहरीले दुवै पक्षलाई छलफल गराएको छ ।
‘बाटोमा आउँदै गर्दा दुव्र्यवहार भएको कुरा आयो’ धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए–‘घटना के रहेछ भनेर छथर चौकीमा दुवै पक्षको बीचमा छलफल गराएका छौं ।’
हुलदंगा गर्ने पक्षले प्रदेश सांसद पराजुलीले मौन अवधी उल्लंघन गरेर निर्वाचन केन्द्रित गतिविधी गरेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया