हेर्नुहाेस् आजका टप फिप्टिन हेडलाइन्स (भिडियाेसहित)

लोकपथ
65
Shares

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त

२  आज र भोलि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्ने, नागरिकता प्राप्त गरेरका र मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने

३  स्थानीय तह निर्वाचनका लागि तीन दिन विद्यालय बन्द गर्ने निर्णयको विरोध, सार्वजनिक बिदाको समेत प्रभाव, बालबालिकाको शिकाइमा असर

४  मतदान गर्न गाउँ जानेको लहर, मतदाता बढाउन उमेरदवारको सवारी खर्च, स्थानिय तह निर्वाचनको छुटै रौनक ।

५  विगतको तुलनामा चुनावी प्रचारप्रसार कम भड्किलो र कम खर्चिलो भएको निर्वाचन आयोगको निकर्ष, आचारसंहिता उल्लंघनका घटनामा कारबाही गर्न नसकेकोमा निर्वाचन आयोगको आलोचना

६  कपिलवस्तुको महाराजगन्ज नगरपालिका र तुल्सीपुर उपमहानगरको वडा नं १७ को निर्वाचन र्सयो, दुवै स्थानको निर्वाचन जेठ ३ गतेका लागि तय

७  चालू आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स शून्य दशमलव ६ प्रतिशतले घट्यो, मुलुकको विदेशी मुद्रा सञ्चितिमा पनि थप गिरावट

८  गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आचारसंहिता विपरीत मागे भोट, सामाजिक सञ्जालमार्फत सेलिब्रेटिहरुसमेत आचारसंहिता विपरीत

९  सिरहामा पैसा राखेर नमुना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ, कपिलवस्तुमा मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

१०  नौ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब नाघ्यो, १ खर्ब ६० अर्बको वस्तु निर्यात हुँदा १४ खर्ब ६६ अर्बको वस्तु आयात

११  साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा सकारात्मक माहोल देखियो, नेप्से परिसूचक ५६ अंकले बढ्दा कारोबार रकम २ अर्ब २६ करोडको कारोबार नाघ्यो

१२  इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारको हत्या, आक्रमणमा परी अर्का पत्रकार पनि घाइते

१३  श्रीलंकामा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश, सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते

१४  म्यानचेस्टर सिटीले डर्टमन्डका हल्यान्ड अनुबन्ध गर्ने पक्का, हालाण्ड जुलाई १ बाट सिटीमा अवद्ध हुने

१५  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने, नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल  जेठ २ मा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?