रसुवाका पाँचवटै स्थानीय तहमा मतगणनास्थल निर्माण

लोकपथ
143
Shares

रसुवा । रसुवाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको छ । शुक्रबार हुने स्थानीय तहको मतदान पश्चात् प्राप्त मतको गणनाका लागि जिल्लाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको हो ।

मतगणनाका लागि जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ, कालिका गाउँपालिकाको कालिकास्थान, गोसाईंकुण्ड गाउँपालिकाको धुन्चे, उत्तरगया गाउँपालिकाको खाल्टे, आमाछोदिङ्मो गाउँपालिकाको थामुचेतमा मतगणनास्थल तोकिएको छ ।

मतगणनास्थलको सबै व्यवस्थापनको कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । सिसिटिभी जडान गरिनुका साथै तारबार लगाइएको जनाइएको छ । मतगणनास्थलमा मतगणकहरू बस्ने र प्रतिनिधि बस्ने स्थानको व्यवस्थापनसमेत मिलाइएको बताइएको छ ।

जिल्लामा पाँच वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?