काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदाताहरुले आफ्नो परिचय खुल्ने कागजबाट मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको हो ।
आयोगका अनुसार मतदाताहरुले निर्वाचन आयोगबाट जारी भएको परिचयपत्र वा राहादनी वा घर जग्गाधनीको प्रमाणपत्रको आधारमा मतदान गर्न पाउनेछन् ।
‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई दिर्नेशन पठाई सकिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया