हल्कारा : ‘द पोस्टम्यान’ बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा छनोट

लोकपथ
260
Shares

काठमाडौं । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म हल्कारा : द पोस्टम्यान बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभल अन्तर्गत छनोटमा परेको हो।

गाउँमा खबर पुर्‍याउने एक पात्रको कथा प्रस्तुत गरिएको फिल्ममा अभिनेता महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका छ।

यसअघि यो फिल्मले अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, छायांकन र अभिनेताको अवार्ड जितेको छ। यस फिल्मबाट अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राज भण्डारीले उत्कृष्ट छायांकारको अवार्ड जितेका थिए।

फिल्मलाई चाँडै नेपालका हलमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण टिमले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?