काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।
स्वर्गीय जोशीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई स्मरण गर्दै पार्टीले उनको सम्मानमा श्रावण १६, १७ र १८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
साथै श्रावण १७ गते बिहीबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय समेत पारित भएको छ ।
पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया