१२ जेष्ठ २०७९, बिहीवार

होण्डाले ल्यायो आकर्षक उपहार योजना

२०७९,बैशाख,२८,बुधबार १९:१२

108
Shares

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी उक्त योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख नगद उपहार पाउनेछन् ।

त्यसैगरी स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ ।

नेपालमा रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,२८,बुधबार १९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन् । बिवाइडी कम्पनीको नेपालस्थित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै

ताजा समाचार

फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९
कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५