९ महिनामा २५ खर्ब ६८ अर्बकाे अन्तर–बैंक कारोबार

लोकपथ
143
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैंैक कारोबार भएको जनाएको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो । उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ८ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?