हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई वर्षभरीको शैक्षिक सामग्री प्रदान

लोकपथ
143
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौं वर्ष प्रयास नेपालका बाल-बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।

सन् २०१७ देखि हिमालय एअरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैर-सरकारी, गैर-नाफामूलक र सामाजिक संस्था हो। विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजा र नास्ता, खाद्यान्नहरूका साथै कोभिड-१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एअरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ।

सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरूमार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना बालिकाको रेखदेख गरिरहेको छ।

बाल-बालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान-प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकदलले बाल-बालिकासँग अन्तरक्रिया गरेका थिए । उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरुबारे जानकारी गराउने थियो ।

शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामाग्रीहरु समेटिएका थिए । सहयोग सामाग्रीहरुको हस्तान्तरण काठमाडौँमा एक विशेष कार्यक्रमका बीच वैशाख २७ गते सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?