काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन् भने मृत्यु हुनेको संख्या शून्य छ।
पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया