१२ जेष्ठ २०७९, बिहीवार

९ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन

२०७९,बैशाख,२८,बुधबार १६:५०

90
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो ।

यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ ।

चैतसम्ममा संघीय सरकारको कुल राजस्व ७ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ६१ अर्ब ४७ करोड रुपैयाँ परिचालन भएको छ ।

चैतसम्ममा संघीय सरकारले ट्रेजरी विलमार्फत ५० अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ गरी कुल १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ ।

२०७८ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०७९,बैशाख,२८,बुधबार १६:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

इलाम । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

रसुवा । रसुवामा द्वन्द्वकालिन लको समयको २३ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल संकलन भएको छ । नेपाल विद्युत प्राधिकरण धुन्चे

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा पुनः रामकुमार बर्तौला निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडान

ताजा समाचार

फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९
कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००