जेठ १ गतेदेखि शनिबार र आइतबार बैंकहरू बन्द रहने

लोकपथ
793
Shares

काठमाडौं । आगामी जेठ १ गतेदेखि बैंकहरू सातामा २ दिन बन्द रहने भएका छन् । सरकारले सातामा दुई निर्णय बिदा दिने भएसँगै शनिबार र आइतबार बैंकहरू पनि बन्द हुने भएका हुन् ।

राष्ट्र बैंकका अनुसार सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको हो ।

कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि ५:३० बजेसम्म रहने राष्ट्र बैंकले जनाएको छ । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम रहनेछ ।

त्यसैगरी बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० साँझ ४ बजेसम्म कायम रहनेछ । कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३:३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?