बैतडी जिल्ला कांग्रेसका संस्थापक सभापति जोशीको निधन

बैतडी : बैतडी जिल्लास्थित नेपाली कांग्रेसका संस्थापक सभापति एवं पूर्व सांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ। मेलौली नगरपालिका सलेना निवासी जोशीको ७३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । 

जोशी २०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका थिए ।

सरल स्वाभावका नेताको छवी बनाएका जोशीको निधनले नेपाली कांग्रेसमा अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

जोशीको पार्थिव शरीरलार्इ श्रद्धाञ्जलीका लागि बुधबार बिहान १० देखि १२ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिँदैछ ।

उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । स्वर्गीय जोशीका २ छोरा र ३ छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?