२१ मङ्सिर २०८०, बिहीवार

रवीन्द्र मिश्रको चुनावी अभियान शुरूस् निर्वाचित भए तलब सोही क्षेत्रलाई (प्रेस विज्ञप्तिस् प्रकाशन, प्रशारण र सक्दो श्यर गरि

२०७४,आश्विन,२८,शनिवार ०६:२४

0
Shares

रवीन्द्र मिश्रको चुनावी अभियान शुरू : निर्वाचित भए तलब सोही क्षेत्रलाई (प्रेस विज्ञप्ति : प्रकाशन, प्रशारण र सक्दो श्यर गरिदिन विशेष आग्रह सहित)— निर्वाचित भएको खण्डमा सांसदले पाउने तलब क्षेत्र नं १ कै संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने प्रतिवद्धता—‘खान पुगोस्, दिन पुगोस्’ आामासँग आशिर्वाद लिँदै चुनावी अभियान शुरुमैले १३ असोज २०६७ सालमा पवित्रदेवी रायमाझीको बारेमा मेरो पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ मा संग्रहित स्तंभ(निबन्धमा यस्तो लेखेको थिएँ :“मेरो एकजना साथीकी आमा छिन्, पवित्रदेवी रायमाझी। उनको दिनचर्या उनको नाम जत्तिकै पवित्र रहन्छ। प्रेम, उदारता, स्वच्छता र भक्तिभाव उनका विशिष्ट गुण हुन्। दिनभरीको प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझ(विहान भगवानको पुजा(अर्चना गरेर त्यसलाई पखान्न खोज्नेहरुको भिडमा पवित्रदेवीको घरमा प्रवेश गर्दा मलाई आफूभित्रका तूषहरू एकैछिनका लागि भएपनि मेटिएको आभाष हुन्छ।… ‘ब्यावहारीक कल्याण’ या हरेक व्यक्तिले आफ्नो गक्ष अनुसार सकेको कल्याणकारी कामहरु गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्दथ्यो भन्ने मेरो विश्वास रहिआएको छ। त्यसैले ‘ब्यावहारीक कल्याण’ का कुरा म मौका पाउने वित्तिकै गरिहाल्छु। गफगाफको सिलसिलामा एकदिन पवित्रदेवीका छोरा तथा मेरा आत्मीय मित्र श्रीरामले मलाई भने, मेरी आमाले दशैंमा आशिर्वाद दिँदा सधैं भन्नु हुन्छ – “खान पुगोस्, दिन पुगोस्!” पवित्रदेवीका ती पवित्र चार शब्द मेरो जिवनमा ‘ब्यबहारीक कल्याण’ को मेरो विश्वासलाई भत्किन नदिने प्रेरणादायी शब्दहरूका रुपमा अंकीत भएका छन्।”आज, उनै पवित्रदेवीको काठमाडौं क्षेत्र नम्बर एकमा पर्ने बानेश्वरस्थित घरमा शुभेच्छुकहरूसँग गएर उनको आशिर्वाद लिँदै मैले आफ्नो चुनावी प्रचार(प्रसार अभियानको थालनी गरेँ। उनले मलाई आशिर्वाद दिंदै भनिन्, बाबुको सतप्रयास सफल होस्, यो देश राम्रो होस्।‘खान पुगोस्, दिन पुगोस्’को उनको सदविचार र आशिर्वादबाट प्रेरित भएको र भाग्यको कृपाले खान(बस्न र अलिकति दिन पुगेका कारण मैले काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधि सभाको सदस्य निर्वाचित भएको खण्डमा आफूले पाउने तलब सोही क्षेत्रका संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने निधो गरेको छु।तपाईंको शुभाशीष सदा लागि रहोस्!रवीन्द्र मिश्रउमेदवार, काठमाडौं क्षेत्र नम्बर १संयोजक, विवेकशील साझा पार्टीचुनाव चिन्हः तराजु

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०६:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६