अल्लु अर्जुन र रश्मिका करण जोहरको सोमा जाँदै

लोकपथ
455
Shares

काठमाडौं । बलिउड चलचित्र निर्माता करण जोहरले टेलिभिजन सोे ’कफी विथ करण’को सातौँ संस्करण सञ्चालन गर्ने भएका छन् ।

यसपटक उनको सोे टेलिभिजनमा नभई ओटीटी प्लेटफर्म डिजनी प्लस र हटस्टारमा मा आउने भएको छ ।

यसपटकको संस्करणमा पुष्पा फिल्ममार्फत् विश्वव्यापी चर्चा कमाएका साउथ स्टार अल्लु अर्जुन र रश्मिका मन्दना सोेमा देखिने भएका छन् ।

त्यस्तै रणवीर सिंह र आलिया भट्ट पनि सोमा आउने पक्का भएको छ । उनीहरु आउँदै गरेको फिल्म ‘रकी और रानी’ को प्रमोशनका लागि सोमा आउन लागेका हुन् ।

करणले आफ्नो सोमार्फत् बलिउड सेलिब्रेटीहरुको व्यक्तिगत कुराहरु गरेर चर्चा कमाउने गर्छन् भने सोमा दिएको अभिव्यक्तिका कारण कलाकारहरु विवादीत समेत बन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?