बलिउड र साउथ सिनेमामा बहस : भाषा विवादमा रणवीर सिंहको यस्तो धारणा

लोकपथ
2.5k
Shares

काठमाडौं । किछा सुदीपले हिन्दी भाषालाई लिएर गरेको ट्वीटपछि लामो समयदेखि बलिउड र साउथ सिनेमामा बहस चलिरहेको छ । यो बहस दिन प्रतिदिन बढ्दै गएको छ । हालै साउथ सिनेमाका सुपरस्टार महेश बाबुले बलिउडले आफूलार्ई खर्च गर्न नसक्ने बताएका छन् ।

यो सबै बहसको बीचमा बलिउड अभिनेता रणवीर सिंहको प्रतिक्रिया आएको छ । रणवीर सिंहले एक अन्तर्वार्तामा हिन्दी भाषा र साउथको सिनेमाको बारेमा कुरा गरेका छन् । साउथ फिल्मले भारतभर राम्रो व्यापार गरिरहेको उनले बताए । रणवीरले छिट्टै हिन्दी फिल्मले पनि त्यस्तै व्यापार गर्ने बताएका छन् ।

रणवीर सिंह

हिन्दी बहसमा अभिनेताले रणवीरले भने– ‘म कलाकार हुँ किनभने फिल्मको व्यापारको बारेमा मलाई कुनै जानकारी छैन । म एक भुक्तानी पेशेवर हुँ। मैले अभिनयका लागि मात्र पारिश्रमिक पाउँछु, त्यसैले यस सम्बन्धमा मेरो व्यक्तिगत धारणा छ त्यसैले म यति मात्र भन्न सक्छु कि दक्षिण हिन्दी डब गरिएका चलचित्रहरू र इन्डिया चलचित्रहरू आफ्नो आफ्नै ठाँउमा उत्कृष्ट चलचित्र हुन्।

रणवीर सिंह

वर्कफ्रन्टमा, रणवीर सिंहको फिल्म जयेशभाई जोरदार यस हप्ता मे १३ मा थिएटरमा आउने तयारीमा छ। यो एक सामाजिक कमेडी चलचित्र हो । यस फिल्ममा रणवीर सिंह महिलाको समान अधिकारको कुरा गर्दैछन् । यस फिल्ममा रणवीर सिंह गुजराती व्यक्तिको भूमिकामा छन् ।

जयेशभाई जोरदार

यस फिल्ममा रणवीर सिंहका अलावा शालिनी पाण्डे र बोमन इरानी पनि देखिनेछन् । यो चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् र अहिले यो चलचित्रको प्रतिक्षामा रहेका छन् । छिट्टै रणवीर सिंह तमिल सुपरहिट फिल्म ‘अनियाँ’ को हिन्दी रिमेकमा पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?