२ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै निर्वाचन आयोग

लोकपथ
143
Shares

काठमाडौं । २८ वैशाख, काठमाडौं । बुधवार र बिहीवार निर्वाचन आयोगलले मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगले नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।

स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भइसकेको छ । उक्त अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?