सिंगापुरमा ‘द कश्मीर फाइल्स’ प्रदर्शनमा रोक

लोकपथ
143
Shares

काठमाडौं । विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ पूर्वी एसियाली मुलुक सिंगापुरले प्रदर्शनमा प्रतिबन्ध लगएको छ ।

मुस्लिम समुदायलाई एकतर्फी रुपमा चित्रण गरिएकोले सहिष्णुता खलबल्याउने कारण देखाउँदै मंगलबार त्यहाँको सेन्सर बोर्डले फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना महामारीपछि भारतभित्रै ब्लकबस्टर बनेको फिल्म न्यून बजेटमा निर्माण भएको थियो । फिल्मलाई आम दर्शकले चाहिं मिश्रित प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?