किन खाने अंगुर ? यी हुन् अंगुर खाँदा हुने फाइदा

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला परेको हो । त्यसकारण यसको इतिहास पनि लामै छ । यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ ।

सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् ।
यसका फाइदा

माइग्रेन – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ ।

कब्जियत– यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ ।
पाचन प्रणाली – यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ ।

थकान– सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ ।

मिर्गौलाको समस्या – अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ ।

स्तन क्यान्सर – अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छ ।

अल्जाइमर रोग – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ ।
दम – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ ।

मुटु रोग – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?