बैतडीका ५ पत्रकार चुनावी मैदानमा

लोकपथ
42
Shares

बैतडी । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा बैतडीका ५ पत्रकार चुनावी मैदानमा छन् ।

पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न।९मा वडा सदस्यका उम्मेदवार बनेका छन् । भाट नेकपा माओवादीं केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै उज्यालो अनलाइनका सम्वाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा न।८मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् । २२ वर्षका उनी चुनावी मैदानमा होमिएका हुन् ।

प्रेस युनियन बैतडीका कोषाध्यक्ष धन बहादुर क्षेत्री९जगदीश० दशरथचन्द नगरपालिका वडा न।३मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । क्षेत्री नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बनेका हुन् । यसअघि उनका बुवा दाम बहादुर क्षेत्रीले वडाअध्यक्षमा चुनाव जितेका थिए ।

दशरथचन्द नगरपालिका कै वडा न।९ ग्वाल्लेकमा पत्रकार चन्द्रमुस्कान जोशीले उम्मेदवार दिएका छन् । रेडियो शनसेर बैतडीमा कार्यरत जोशीले नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) कै तर्फबाट मेलौली नगरपालिका वडा न।२मा पत्रकार सेर बहादुर चन्द वडा अध्यक्षका उम्मेदवार बनेका छन् । चन्द प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।

यसअघि समेत बैतडीका ३ जना पत्रकार जनप्रतिनिधि बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?