काठमाडौं । कवि तारा अधिकारीको काव्यकृति ‘म भित्रको म’ लोकार्पण गरिएको छ ।
उक्त कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका नि. वर्तमान उपकुलपति वरिष्ठ कवि डा. बिष्णु बिभु घिमिरेको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो ।

अमेरिकाको कोलोराडो शहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता सङ्ग्रह भित्र ४९ कविता समावेश छन्। कविता कृतिमाथि डा. रेणुका सोलु र ऋषभदेव घिमिरेले समिक्षात्मक धारणा राखेका थिए ।
कृति भित्र भूमिका समेत लेखेका प्रा.डा. खगेन्द्र लुइँटेलले कृतिको संक्षिप्त टिप्पणीसहित शुभकामना राख्दै स्रष्टा अधिकारीलाई बधाई व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया