पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
98
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ३७६ जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जना कोरोना मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ।

अहिले देशभर १८५ सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?