संविधानको मर्म विपरित जाने छुट कसैलाई छैन

बनेपा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले नेपालको संविधान बहुलवादमा आधारित भएकाले त्यसको मर्म विपरित जाने छुट कसैलाई नभएको बताएका छन् ।

काँग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा उनले संविधानले ग्यारेन्टी गरेको जनताको मौलिक अधिकारलाई कुण्ठित पार्ने काम सरकारबाट हुन नहुने बताए ।

काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले सरकारको गलत क्रियाकलापका विरुद्ध काँग्रेस दृढ भएर उभिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?