२३ असार २०७९, बिहीवार

मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

२०७९,बैशाख,२७,मंगलवार १७:१३

108
Shares

काठमाडौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

रुट १ मा एयरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल –एयरपोर्ट सम्मको हुनेछ ।

त्यस्तै रुट २ मा एयरपोर्ट–होटल र्‍याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टसम्म हुनेछ ।

रुट ३ अन्तर्गत एयरपोर्ट–तीनकुने चोक–होटल एभरेष्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म हुनेछ । सटल बस सेवा बापत प्रति व्यक्ति तीन सय रुपैयाँ शुल्क लाग्नेछ । उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने समेत बोर्डले जनाएको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,२७,मंगलवार १७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटकय पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३

काठमाडौं । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको

मुगु । जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली

ताजा समाचार

बागलुङमा चट्याङ लागेर बृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९
को होलान् एन्फाको प्रवक्ता ?
 २०७९,असार,२३,बिहीवार १५:४०
सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०