बुटवलमा डिसहोम फाइबरनेटको सोरुम

लोकपथ
0
Shares

काठमाडौं । डिसहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी बैशाख २६ गते सोमबारदेखि उक्त सोरुम सञ्चालनमा आएको हो ।

डिसहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर सोरुमको समुदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिसहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको र डिसहोम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?