पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाएका छन् ।
जिल्ला पार्टीले आज आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको सम्मान गर्न सरकारलाई आग्रह गरे।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।
काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कसैसँग सम्झौता गर्दैन भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया