विष्टले दिए लिग र क्लब समन्वय कमिटीबाट राजीनामा

लोकपथ
112
Shares

काठमाडौं । पूर्व फुटबल खेलाडी विदुर बिष्टले अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकाले छानबिन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको विष्टले जानकारी दिए ।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?