नक्कली छाप र कीर्ते दस्तखत गर्ने म्यानपावरको पर्दाफास

काठमाडौं । दुबईस्थित नेपाली दूतावासको नक्कली छाप र कीर्ते दस्तखत गरेर राजधानीको एक म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागमा कीर्ते मागपत्र पेश गरेको पाइएको छ । 

राजधानीको बसुन्धारास्थित ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले यसरी कीर्ते मागपत्र ल्याएको खुलेको हो । 

कुनैपनि मेनवार कम्पनीले मागपत्र ल्याउनुअघि सम्बन्धित दूतावास वा सम्बन्धित देश हेर्ने दूतवासले राजदूतले प्रमाणीकरण गर्नुपर्ने  नियम छ  । तर ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले तयार पारेको मागपत्रमा प्रमाणीकरण नै नगराई फर्जी मागपत्र तयार पारेर विभागमा बुझाएको पाइएको हो । 

विभागले सोबारे  राय लिनको लागि दूबईस्थित दूतवासमा पत्राचार गरेपछि कीर्तेको पर्दाफास हुन पुगेको हो । 

विभागले मंगलवार  कीर्ते गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको जनाएको छ । कम्पनीमाथि छानबिन गरेर  कडाभन्दा कडा कारबाही गरिने पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?