सेयर बजारमा देखियो सकारात्मक माहोल, १३ वटै सूचक हरियाली

लोकपथ
884
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । पहिलो दिन आइतबार १८ अंकले बढेको बजार दोस्रो देश पनि सोमबार १२ दशमलव २७ अंकले बढेको थियो ।

सेयर बजारले मंगलबार पनि सोहि यात्रालाई निरन्तरता दिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३ बिन्दुमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ७.६७ अंकले बढेर ४४७.१४ बिन्दुमा पुगेको छ ।

कुल २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ । आज फाइनान्स र हाइड्रोपावर सेक्टर सर्वाधिक बढेको छ ।

आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?