एनसेलले ल्यायो चुनावलक्षित रिचार्जमा बोनस डेटा अफर

लोकपथ
13
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । १०० रुपैयाँ देखि १९९ रुपैयाँ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन् । त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । कर सहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र रु.९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले मात्र १२९ रुपैयाँमा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् । एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?