विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रधान्यायाधीश दीपकराज जोशीलाई बनाउनुपर्ने माग राखेका छन् ।
झण्डै ३० वर्ष न्याय सेवामा काम गरिसकेका व्यक्तिलाई प्रमाणपत्र छानबिन गर्नुपर्छ भनिनु बहाना मात्र भएको उनले बताए । मंगलवार विराटनगर एअरपोर्टमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानन्याधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग समेत गरे ।
संसदमा प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषय विवादमा छ । संसदीय सुनुवाइमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति गरिनुपर्ने माग राखेका हुन् ।
साथै गच्छदारले दुई तिहाइको दम्भमा सरकारले संविधान मिच्ने काम गरेको पनि आरोप लगाए ।
उनले भने, संवैधानिक अंगमाथिको प्रहार कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य हुन्न, आम जनतालाई रकारको विरुद्धमा कांग्रेसले सडकमा उतार्छ ।’
साथै गच्छदारले न्यायपालिका र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गर्ने सरकारको नीति कांग्रेसलाई स्वीकार नहुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया