यी नायिकाहरुसँग जमेको साउथस्टार विजयको ‘केमेस्ट्री’

लोकपथ
429
Shares

काठमाडौं । साउथ अभिनेता विजय देवरकोन्डाले आज आफ्नो जन्मदिन मनाउँदै छन् । साउथ फिल्म इन्डस्ट्रीमा आफ्नो दमदार अभिनयले दर्शकको मन जितेका विजय भारतभरका मानिसहरु र खासगरी केटीहरुमाझ निकै लोकप्रिय छन् ।

साउथ फिल्मबाट आफ्नो पहिचान बनाएका विजय अब चाँडै हिन्दी सिनेमामा देखिँदै छन् । अभिनेता चाँडै नै आफ्नो फिल्म लिगरबाट बलिउडमा प्रवेश गर्दैछन् । यो फिल्ममा उनी अभिनेत्री अनन्या पाण्डेसँग रोमान्स गर्दैछिन् । अनन्या भन्दा पहिले अन्य स्टार अभिनेत्रीहरुसँग जमेका छन् ।

विजय देवरकोंडासँग देखिएका अभिनेत्रीहरूको बारेमा जानौं : 

शालिनी पाण्डे : 

शालिनी पांडे

विजय देवरकोन्डाले धेरै फिल्ममा काम गरिसकेकी छन् । उनले सन् २०१७ मा आएको फिल्म ‘अर्जुन रेड्डी’ बाट लोकप्रियता कमाएका थिए । यस रोमान्टिक ड्रामा फिल्ममा विजयसँग अभिनेत्री शालिनी पाण्डे स्क्रिन सेयर गरेकी थिइन् । फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो ।

रश्मिका मण्डना : 

रश्मिका मंदाना

फिल्म पुष्पमा अल्लु अर्जुनलाई श्रीवल्लीको भूमिकामा रोमान्स गरेकी साउथ अभिनेत्री रश्मिका मन्डन्ना अभिनेता विजय देवरकोन्डासँग पनि अनस्क्रिनमा रोमान्स गरिरहेको देखिएकी छिन् । विजय र रश्मिकाको जोडीलाई दर्शकले निकै रुचाएका छन् । दुवै फिल्म डियर कम्रेड र गीता गोविन्दममा सँगै देखिइसकेका छन् ।

रितु वर्मा : 

ऋतु वर्मा

उनी फिल्म पेल्ली चोपुलुमा अभिनेत्री रितु वर्मासँग रोमान्स गर्दै देखिएका थिए । यो फिल्म रोमान्टिक कमेडी ड्रामा फिल्म थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।

कीर्ति सुरेश : 

कीर्ति सुरेश

फिल्म महानतीमा विजय देवरकोन्डा दक्षिण अभिनेत्री कीर्ति सुरेशसँग स्क्रिन सेयर गरेका थिए । दिग्गज अभिनेत्री सावित्रीको जीवनमा आधारित चलचित्र महानती २०१८ मा रिलिज भएको थियो ।

प्रियंका जावलकर :

प्रियंका जावलकर

विजय देवरकोन्डाको फिल्म ट्याक्सीवाला उनको उत्कृष्ट फिल्म मध्ये एक हो। यस फिल्ममा अभिनेत्री प्रियंका जावलकरको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा विजय देवरकोंडाले क्याब चालकको भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?