कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा पक्राउ

कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक बस्ने ६३ वर्षीय कमल कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

कुमालले सोमबार घरायसी विवादमा ५५ वर्षीया श्रीमती सुन्तली कुमाललाई गैचीको बिंडले कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सामुदायिक अस्पताल शिशुवा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?