गहना प्रदर्शनीको उद्घाटनका लागि कतार पुगिन् आलिया भट्ट

लोकपथ
1.5k
Shares

काठमाडौं । फिल्म गंगुबाई काठियावाडी पछि आलिया भट्टको ब्रान्ड भ्यालु निकै बढेको छ । अभिनेत्री आफ्नो विवाह पछि लगातार चर्चामा छिन्।

अहिले आलिया भट्ट ज्वेलरी प्रदर्शनीको उद्घाटन गर्न कतार गएकी छिन् । उनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

आलिया भट्ट

ज्वेलरी प्रदर्शनीका लागि दोहा पुगेकी अभिनेत्री आलिया भट्टले प्रदर्शनीका धेरै तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरूमा उनी सेतो कपडामा देखिएकी छिन् । विवाहपछिको यो नयाँ लुक्समाउनी निकै सुन्दर देखिएकी छिन् ।

यी तस्बिरहरू सेयर गर्दै आलिया भट्टले लेखिन्,-‘DJWE 2022 को उद्घाटन गर्नु र उत्कृष्ट गहना र घडीहरूको अनुभव पाउनु सम्मानको कुरा हो।’

आलिया भट्ट

आगामी प्रोजेक्टको कुरा गर्ने हो भने, आलिया भट्ट रणवीर कपूरसँग फिल्म ब्रह्मास्त्रमा देखिने छिन् । दुवैले व्यक्तिगत जीवनमा एकअर्कासँग विवाह गरिसकेका छन्, अब यो जोडी अनस्क्रिनमा पनि स्पेस सेयर गर्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?