तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

लोकपथ
221
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?