गठबन्धन राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

लोकपथ
117
Shares

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको गठबन्धन कसैको विरुद्ध नभई राजनीतिक आवश्यकताले भएको कुरा उल्लेख गरेका छन् ।

हिजो (सोमबार) उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो ।’

थापाले नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका छन् । सोही कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?