नेपाली कांग्रेसको ‘बृहत विरोध प्रदर्शन’

काठमाडौं । नेपाली कांग्रेसले आज सरकार विरुद्ध बृहत विरोध प्रदर्शन गर्ने भएको छ । 

नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार नेपाली कांग्रेस काठमाडौंले आज दिउँसो २ः३० बजेदेखि सो प्रदर्शन हुने भएको हो । 

सरकार सर्वसत्तावादतिर उन्मुख भएको, देशमा महंगी बढेको जस्ता विषयमा विरोध प्रदर्शन हुन लागेको केन्द्रिय समितिले जानकारी दिएको छ ।

प्रदर्शन रत्नपार्क बाट शुरु भएर क्रमश भोटाहिटी,असन, इन्द्रचोक, विशालबजार हुँदै पुन न्यू रोडमा आएर समापन हुने छ । 

कार्यक्रममा वर्तमान सरकारलाई देशमा लोकतान्त्रिक पद्धतिको स्थापना गर्न समेत आह्वान गरिने छ ।
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?