कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन देउवाको आग्रह

लोकपथ
0
Shares

डडेलधुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् ।

गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले भने, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”

आफ्नो गाउँ ठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा काँग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । उनले भने, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?