कांग्रेसको उम्मेदवार नहुँदा विदुर-६ मा अर्याललाई सहज

लोकपथ
767
Shares

नुवाकोट । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु चुनावी अभियानमा छन् । नुवाकोटको विदुर ६ मा त्रिपक्षीय भिडन्त देखिएको छ । लामो समय शिक्षा क्षेत्रमा काम गरेका राप्रपाका उम्मेदवार विष्णुप्रसाद अर्यालको पक्षमा माहोल देखिएसँगै विदुर ६ मा चुनावी भिडन्त रोचक हुने देखिएको छ । राप्रपासहित नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवारी परेको यो वडामा २९३४ मतदाता छन् ।

नेकपा एमाले विभाजनपछि हालका वडाध्यक्ष एकीकृत समाजवादीमा छन् । एमाले र समाजवादीको मत विभाजित भएको अवस्था छ भने कांग्रेसबाट उम्मेदवारी नपरेपछि यहाँको भिडन्त रोचक देखिएको हो । लामो समय शिक्षा क्षेत्रमा काम गरेका अर्यालले वडालाई समृद्ध बनाउने योजना पेश गरेका छन् । उनले जेष्ठ नागरिकलाई हरेक तीन महिनामा घरमै गएर स्वास्थ्य परीक्षणको व्यवस्थापन मिलाउने बताएका छन् ।

यस्तै आगामी शैक्षिक शत्रदेखिनै हरेक वर्ष कम्तिमा एक जना चिकित्सक वा इन्जिनियर, एक जना नर्स, एक जना जेटिए तथा भेटेनरी डाक्टर उत्पादनका लागि छात्रवृत्तिको व्यवस्थापन मिलाईने बताएका छन् । यसरी उत्पादित जनशक्तिलाई वडामै काम गराउने परिकल्पना अध्यक्षका उम्मेदवार अर्यालको छ । वडामा रहेको स्वास्थ्य चौकीमा चिकित्सकसहित प्रसूति सेवासम्मको सुविधा र वडा भित्रका विपन्न परिवारका सदस्यलाई उपचारमा जिल्ला बाहिर जानुपरे एम्बुलेन्स सेवा निशुल्क गराउने अर्यालको घोषणा छ ।

निम्नआय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म वडा मार्फत ३ हजार रुपैयाँका दरले मासिक भत्ता उपलब्ध गराइने योजना बनाएका अर्यालले जन्म दर्ताको कागजपत्र होमडेलिभरी गराइने बताए । सम्बन्धित विद्यालयमै चिकित्सकसहितको टोली पठाएर हरेक ६ महिनामा विद्यार्थी र शिक्षकको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गराउने योजना बनाएका अर्यालले वडाका सबै नागरिकको स्वास्थ्य बिमा अनिवार्य बनाइने बताए । पशु बीमा र बाली बिमा वडाभर कार्यान्वयन गर्ने बताउँदै एक घर एक धारा अभियान चलाउने योजना पनि बनाएका छन् । निजी बाँझो जग्गामा एकिकृत फलफुल तथा नगदे बाली खेतीका लागि योजना ल्याउने बताउँदै दुध र मासु उत्पादनमा वडालाई जिल्लाकै नमुना वडा बनाउने योजना बनाएका छन् । अध्यक्षका उम्मेदवार अर्यालले वडाबासीको रोजगारीमा

सहायता पुग्नेगरी खुल्ने उद्योगलाई पाँच वर्षसम्म विभिन्न कर छुट दिने योजना पनि बनाएका छन् । यो वडामा अर्यालसँगै एमालेबाट श्यामकृष्ण चालिसे र समाजवादीबाट राजकाजी दिक्षितले उम्मेदवारी छन् । कम्युनिष्ट नेताहरुको पछिल्लो अभिव्यक्तिले निर्वाचनपछि गठबन्धनको भविष्य अनिश्चित देखिएपछि कांग्रेस कार्यकर्ताले आगामी संसदीय चुनावमा आफ्ना उम्मेदवारलाई साथ दिनसक्नेलाई मतदान गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?