एनआरएनको विश्व सम्मेलन सुरु, कसले मार्ला अध्यक्षमा दाबी ?

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्ज सम्मेलन काठमाडौंमा सुरु भएको छ ।काठमाडौंको होटल हायातमा शनिबारदेखि सम्मेलन सुरु भएको हो ।राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेको सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीको समेत सहभागिता रहेको थियो ।सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।नयाँ नेतृत्वका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्की मैदानमा रहेका छन् । तीमध्ये जमुना र भवनबीच कडा टक्कर हुने देखिएको छ ।सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुबाट करिब एक हजार ७ सय प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?