एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

लोकपथ
117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज काठमाडौंमा चुनावी आमसभा गर्दैछ ।

सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र कार्यकर्ताहरु सहभागी हुने कार्यतालिका रहेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर विभिन्न पार्टीहरुले देशभर चुनावी सभा गरिरहेको छन् । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनकेन्द्रित गरेर आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?